धादिङ । धादिङमा बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका-६ सुनौलाबजार नवलपुरका ४१ वर्षीय नर बहादुर राना रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट फैसला कार्यान्वयन अन्तर्गत एक वर्ष कैद र पाँच हजार जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका रानालाई इलाका प्रहरी कार्यालय सुनौलाबजार धादिङबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
प्रहरी नायव उपरीक्षक हमालका अनुसार पक्राउ परेका रानालाई आवश्यक कारवाहीको लागि धादिङ जिल्ला अदालतमा बुझाईएको छ ।