२०८२ जेष्ठ १९, सोमबार

धादिङबेसीमा त्रिमूर्ति मोबाईल हाउसको नयाँ शाखा विस्तार

  • धादिङ आवाज
  • २०८२ जेष्ठ १८, आईतबार
धादिङबेसीमा त्रिमूर्ति मोबाईल हाउसको नयाँ शाखा विस्तार

धादिङ । नीलकण्ठ नगरपालिका-३ स्थित धादिङबेसीमा सञ्चालित त्रिमूर्ति मोबाईल हाउसले नयाँ शाखा विस्तार गरेको छ ।

धादिङबेसी विच बजारमा त्रिमूर्ति स्टोरको रुपमा नयाँ शाखा विस्तार गरेको हो । ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गरि नयाँ शाखा त्रिमूर्ति स्टोर विस्तार गरिएको प्रोपाइटर इश्वर श्रेष्ठले बताउनुभयो।

शाखा विस्तारसँगै अहिले ल्यापटप पनि थपेको र मोबाईल, ल्यापटसहित सम्पूर्ण सामाग्रीहरु पाइने उहाँले बताउनुभयो ।

२०६९ सालदेखि सुरु भएको त्रिमूर्ति मिलनटोल, विचबजार र पुछारबजारसहित तीन स्थानबाट सेवा प्रवाह भइ रहेको उहाँको भनाई छ ।मोबाईल, ल्यापटप किस्ताबन्दीमा पाइने भएपछि ग्राहकको विश्वास र चाप पनि बढेको प्रोपाइटर श्रेष्ठले बताउनुभयो।

शाखा विस्तारका क्रममा विभिन्न खेल खेलाउदै ग्राहक तथा सहभागीहरुलाई उपहार समेत वितरण गरिएको छ ।

यस अघि त्रिमुर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा लक्की ड्र मार्फत ग्राहकहरु मध्येबाट एक जनालाई टिभिएस एन्ट्रोक स्कुटर उपहार दिएको थियो ।

उक्त उपहार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ खहरेकी सजिना खड्काले जितेकी थिइन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

धादिङलाई २० पदक

खोजी गर्नुहोस