धादिङ । संघीय सरकारले धादिङ जिल्लालाई चार अर्व ८२ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङलाई आगामी अर्थिक वर्ष २०८२/८३ का लागि अनुदान स्वरुप विकासका योजनाहरु संचालन गर्न सो रकम उपलब्ध गराउने भएको हो ।
चालु खर्च, पूँजिगत खर्च र अनुदानका कार्यक्रमहरु संचालन गर्नका लागि जनसंख्याको आधारमा स्थानिय सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ ।
जसमा संघीय सरकारले नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ७० करोड ७८ लाख उपलब्ध गराउने भएको छ भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई १८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै बेनिघाट रोराङ गाउँपलिकालाई ४५ करोड ९९ लाख, थाक्रे गाउँपलिकालाई ४१ करोड ९६ लाख, धुनीबेसी नगरपालिकालाई ३९ करोड ८२ लाख, त्रिपुरासुन्दरी गाउँपलिकालाई ३९ करोड ४२ लाख, गंगाजमुना गाउँपालिकालाई ३६ करोड ९७ लाख, गल्छी गाउँपलिकालाई ३६ करोड ३६ लाख विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी ज्वालामुखी गाउँपलिकालाई ३६ करोड १५ लाख, सिद्धलेक गाउँपलिकालाई ३५ करोड ५७ लाख, गजुरी गाउँपालिकालाई ३४ करोड ८ लाख, नेत्रावती डबजोङ गाउँपालिकालाई २४ करोड ८१ लाख र खनियाबास गाउँपालिकालाई २२ करोड ४९ लाख विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ।
बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ।