धादिङ । धादिङमा लागू औषध (गाँजा) मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–४ का ४० वर्षीय दिपक तामाङ भन्ने केनाम सिं तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी (प्रहरी नायव उपरीक्षक) सुवास हमालले धादिङ आवाजलाई जानकारी दिनुभयो ।
धादिङ जिल्ला अदालतबाट कैद र जरिवाना तोकिएकोमा वारदात पश्चात् फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले १३ गते मंगलबार गजुरी-४ बाट पक्राउ गरि अदालतमा दाखिला गरिएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
पक्राउ परेका तामाङलाई धादिङ जिल्ला अदालतबाट सोमबार चार वर्ष एक महिना कैद र असी हजार जरिवाना तोकिएको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।