२०८२ जेष्ठ २३, शुक्रबार

रेड पान्डा चोर्न खोज्ने २ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २०, मंगलबार
रेड पान्डा चोर्न खोज्ने २ जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका–४ जावलाखेलमा रहेको सदर चिडियाखानाभित्र प्रदर्शनीमा राखिएका दुर्लभ प्रजातिको रेड पान्डा अर्थात् हाब्रे चोरी गर्न खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाण्डौ महानगरपालिका–१५ स्वयम्भू बस्ने २१ वर्षीय कृष्ण गुरुङ र भारतको बिहार घर भएका २६ वर्षीय मोहमद तफिक रहेका प्रहरीले जनाएको छ ।

चिडियाखानामा रहेको रेड पान्डा गएको वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि चोरी उद्योग कसूरमा पाँच दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस