२०८२ जेष्ठ २३, शुक्रबार

फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने अनुशिक्षण

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २०, मंगलबार
फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने अनुशिक्षण

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिकामा फोकल शिक्षक र बालक्लब पदाधिकारीहरुको लागि एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार म्यागङ गाउँपालिकाको आयोजनामा पालिका भरका बालक्लब फोकल शिक्षक तथा बाल क्लबका पदाधिकारीहरुको क्षमता विकास गर्ने उद्धेश्यले अनुशिक्षण गरिएको म्यागङ गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख फुलमाया खजुमले जानकारी दिनुभयो ।

अनुशिक्षण कार्यक्रममा बालक्लब गठन तथा सहजिकरण कार्यविधि ,बालक्लब आवद्धता र सुचिकरण,बालक्लबका पदाधिकारीहरुको काम कर्तव्य र उत्तरदायित्व , बालक्लबले बिद्यालय र समुदाय तहमा गर्न सक्ने क्रियाकलापहरु, बैठक पुस्तिका लेखन र बालक्लबको फोकल शिक्षकहरुको भुमिका र जिम्मेवारी तथा बालमैत्री स्थानीय शासनका सुचकहरु लगायतका बिषयमा बालमैत्री स्थानीय शासन बिज्ञ एवम् प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

म्यागङ गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा गर्ने अभियानमा रहेकाले घर, परिवार ,समाज तथा बिद्यालयहरुमा बोलिबचन, कार्यपद्धति र व्यवहार र दस्तावेज पनि बालबालिका मैत्री हुनु जरुरी हुने प्रमुख प्रशासकीय अधिकृत देवकी सिम्खडाले बताउनु भयो ।

कार्यक्रममा १९ बिद्यालयका फोकल शिक्षक, बालक्लबका पदाधिकारीहरु, विषयगत शाखाका कर्मचारी लगाएतको सहभागीता रहेको थियो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस