२०८२ जेष्ठ २३, शुक्रबार

यातायात व्यवसायीको आन्दोलन स्थगित

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २१, बुधबार
यातायात व्यवसायीको आन्दोलन स्थगित

काठमाण्डौ । यातायात व्यवसायीको आन्दोलन स्थगित भएको छ । आन्दोलन स्थगितसँगै सार्वजनिक गाडी चल्न थालेका छन् ।

गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड शेयरिङ नियमावली’ स्थगन गर्ने निर्णय गरेपछि यातायात व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् ।

उनीहरुको आन्दोलन स्थगन भएसँगै गएराति देखि नै सार्वजनिक गाडी चल्न थालेका हुन् ।अस्ति सोमवार सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो ।

तर सहमतिको कार्यान्वयन नभएको भन्दै हिजो दिनभर व्यवसायीले सार्वजनिक गाडी चलाएका थिएनन् ।

सार्वजनिक गाडी नचल्दा हिजो र अस्ति दुई दिन यात्रुले सास्ती खेप्नुपरेको थियो । हिजो बेलुका बसेको यातायात व्यवसायीको बैठकले तत्कालका लागि आन्दोलन फिर्ता लिने निर्णय गरेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस