२०८२ जेष्ठ २३, शुक्रबार

भारतबाट फर्किएका ३ जनामा कोरोना पुष्टि

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २१, बुधबार
भारतबाट फर्किएका ३ जनामा कोरोना पुष्टि

भारतबाट फर्किएका ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

कोभिड पुष्टि हुनेमा सुदूरपश्चिम प्रदेशका दुई पुरुष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो।

भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा ३ जनामा कोभिड पुष्टि भएको हो ।

कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस