धादिङ । उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकामा सञ्चालित दुईदिने शैक्षिक सम्मेलन सम्पन्न भएको छ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ सेर्तुङस्थित च्याम्रादेवी माद्यमिक बिधालयमा ‘सक्षम शिक्षक, स्तरीय शिक्षा, परिस्कृत सरकार,सार्वजनिक शिक्षा, सवलिकरण सहितको शैक्षिक पूर्वाधार, रुवी भ्याली गाउँपालिकाको आधार’ भन्ने मुल नारा सहित शुक्रबारदेखि सुरु भएको रुवी भ्याली शैक्षिक सुधार वर्ष २०८२ बृहत शैक्षिक सम्मेलन शनिबार सप्पन्न भएको हो।
सम्मेलनले ५८ बुँदे प्रतिबद्धतासहित घोषणापत्र जारी गरेको छ।
सम्मेलनबाट सामूदायिक विद्यालयहरूको शैक्षिक सुधार ल्याउन प्रतिबद्धतासहित घोषणपत्र जारी गरिएको गाउँपालिकाका अध्यक्ष राम सिं तामाङले बताउनुभयो ।
समग्र शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, राजनितीक दल, जनप्रतिनिधिबीच विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।
सम्मेलनमा सहभागी सबै पक्षको समुहगत छलफल गरेर प्रतिबद्धतासहित घोषणापत्र निमार्ण गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै अध्यक्ष तामाङले समग्र शैक्षिक अवस्थाको विषयमा अब अभिभावकलाई मात्र दोष दिने हैन जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दल हामी सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो।
प्रतिबद्धता पत्रमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, राजनितीक दल र गाउँपालिकाले गाउँपालिकाको समग्र शैक्षिक गुणस्तर सुधारका लागि गनुपर्ने असल कार्यहरू समावेश गरिएको गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले बताउनुभयो।
सम्मेलनमा प्रधानाध्यपक तथा शिक्षकहरूले विद्यालयहरुको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी गराएका थिए भने गाउँपालिकाको समग्र शैक्षिक तथा भौतिक अवस्थाको बारेमा गाउँपालिकाका श्रोतव्यक्ति उत्तमलाल तामाङले जानकारी तथा प्रस्तुती राख्नुभएको थियो ।
सम्मेलनमा नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक डा.नविन्बन्धु पहाडीले विद्यालयको शैक्षिक विकासमा विद्यार्थी, शिक्षक, प्रधानाध्यपक तथा अभिभावकको जिम्मेवारी तथा समुदायीक विद्यालयको अवस्थाका विषयमा आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो।
त्यस्तै शिक्षा बिज्ञ आर के ढुंगानाले शैक्षिक विकासका लागि अवलम्बन गरिएका असल अभ्यासबारे विशेष छलफल गर्नुभएको थियो।
यस्ता छन् ५८ बुँदे प्रतिबद्धता