२०८२ अषाढ २, सोमबार

सहयात्री समाज नेपालको अध्यक्षमा उर्मिला रेग्मी

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २५, आईतबार
सहयात्री समाज नेपालको अध्यक्षमा उर्मिला रेग्मी

धादिङ । सहयात्री समाज नेपालको अध्यक्षमा उर्मिला रेग्मी चयन हुनुभएको छ ।

धादिङमा सुरक्षित आवासगृह संचालन गरिरहेको सहयात्री समाज नेपालको शनिबार भएको बिशेष साधारणसभा तथा ७ औं अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा संगिता कँडेल (दिपा), सचिवमा सुशीला भण्डारी, कोषाध्यक्षमा अम्बिका घिमिरे श्रेष्ठ, सहसचिवमा सिम्रन सुनार र सदस्यहरुमा सुशीला घिमिरे, मिना खान ठकुरी, आकृती कट्टेल, उर्मिला श्रेष्ठ चयन हुनुभएको छ ।

गिता खनालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा लैंगिकमैत्री बजेट निर्माण गर्न, विभेद भोगिरहेकाहरुका लागि कार्यक्रम ल्याउन स्थानीय सरकारसंग माग गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस