२०८२ अषाढ २, सोमबार

नागढुङ्गा-नौबिसे सडक थप ५ दिन बन्द हुने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २५, आईतबार
नागढुङ्गा-नौबिसे सडक थप ५ दिन बन्द हुने

काठमाण्डौ । नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएको हो ।

भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जानकारी गराएको हो ।

सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस