भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित खाजा पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९ ट्याब्लेट र नगद ५२ हजार ४ सय ७० रूपैयाँ सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-४ घर भएकी ४२ वर्षीया कुमारी तामाङ, काभ्रे रोशी गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रविन उप्रेती र सिन्धुली दुधौली नगरपालिका-१० घर भएका २२ वर्षीय विष्णु बाँनिया रहेका छन् ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले शनिबार दिउँसो कुमारीको खाजा पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।