२०८२ अषाढ २, सोमबार

देशभर गर्मी बढ्यो

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २७, मंगलबार
देशभर गर्मी बढ्यो

काठमाण्डौ । देशभर गर्मी बढेको छ । नेपालमा मध्य जेठमा मनसुन भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको हो। पूर्वको कोशीमा मनसुन भित्रिएसँगै एक/दुई दिन सक्रिय पनि भयो । त्यसपछि थप विस्तार हुन सकेन ।

नेपाल आइपुगेको मनसुन शिथिल बन्दा केही दिनदेखि कोशी प्रदेशमा समेत पानी परेको छैन । पश्चिम र मध्य क्षेत्रमा मनसुन भित्रिन सकेको छैन ।

मनसुन देशभर विस्तार हुन अझै हप्ता/दश दिन लाग्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

आज कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली हुन सक्ने अनुमान छ ।

भोलिदेखि पानी पार्ने प्रणाली केही सक्रिय हुने र गर्मीबाट राहत पुग्न सक्ने मौसमविदको अनुमान छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस