२०८२ श्रावण १९, सोमबार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २७, मंगलबार
चितुवाको आक्रमणबाट बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको बन्दिपुर–२ कुवादी कामिडाडामा पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको हो ।

चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो।

आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस