पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ।चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा)ले यज्ञको पूर्णाहुति गर्नुभएको हो ।
अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिनुभयो ।
यज्ञको पूर्णाहुति गर्न आएका काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिनुभयो ।
‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गर्नुभयो,उहाँले भन्नुभयो ।
यज्ञको पूर्णाहुति गरिएसँगै होमन लगायतका पाठ परायणका सम्पूर्ण कार्य समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार कोटीहोममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ सोमबार नै बिदाइ गरिएको छ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य सम्पूर्ण कर्म पनि समापन भएको छ ।
वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेश, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको हवन कुण्डको सोमबार पूर्णाहुति गरिएको हो ।
हवन कुण्डमा ३/३ जना ब्रामणले कोटी होममा दिन दिनै भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए ।
कोटी होममा १०८ भागवत महापुराण पाठ परायण, ४ वेद पाठ परायण, सप्त चण्डी, अति रुद्री, मन्त्र जप लगायतमा ब्रामणले पाठ गरेका थियो ।
महायज्ञको विधिवत् पूर्णाहुति गरी अभिषेक र महाप्रसाद ग्रहण गरिएको थियो ।यज्ञको पूर्णाहुतिसँगै आजदेखि तिलक र भस्म वितरण गरिने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि बुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् ।
यसै गरी मानव सेवा फाउन्डेसनलाई सोमबार पोखरावासीले जग्गा दान गरेका छन् । पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्ने उद्देश्य सहित पोखरा–५ प्रस्याड् निवासी गंगा केसीको परिवारले २ रोपनी जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिनुभयो ।
कोटिहोममा अहिले सम्म ३० लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् ।
कोटिहोममा नेपाल वैद्धिक महर्षी फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्य मन्त्री दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापाले, मोटिभेटर विश्वराज गौतमले कोटिहोमले एकताको सन्देश दिएको बताएका थिए ।
भागवत मञ्जरी दासीले कोटीहोममा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहनु भएको छ । उहाँले जेठ ३१ सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको संयोजक ढकालले जानकारी दिनुभयो ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।