२०८२ अषाढ २, सोमबार

धादिङका मजकाेटी वाईसीएल केन्द्रीय सदस्यमा निर्वाचित

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २७, मंगलबार
धादिङका मजकाेटी वाईसीएल केन्द्रीय सदस्यमा निर्वाचित

धादिङ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाईसीएल को केन्द्रीय सदस्यमा धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर १२ का नवराज मजकोटि खुल्ला तर्फबाट चयन हुनुभएको छ ।

वाइसीएल नेपालको स्थापना कालदेखिनै आबद्ध भइ विभिन्न आन्दोलनमा होमिएका मजकोटिलाई केन्द्रीय कमिटीमा बागमती प्रदेश कमिटीले सिफारिस गरेको थियो ।

धादिङबाट सन्तोष अधिकारी (केन्द्रीय सदस्य, खुल्ला भूगोल) सुदिप अधिकारी (केन्द्रीय आयोग सदस्य) बनेका छन् ।वाईसीएल नेपालको अध्यक्षमा पुष्प ओली र महासचिवमा गणेश शाही निर्विरोध चयन भएका छन् ।

त्यस्तै २२ जना उपाध्यक्ष बनेका छन् । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् । १९ जना उपमहासचिव बनेका छन् । त्यस्तै ३१ जना सचिव बनेका छन् भने एक जना कोषाध्यक्ष बनेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस