पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले मंगलबार देखि जल सहितको कलश लैजान थालेका छन्।
सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जल सहितको कलश भक्तजनले घर लैजान थालेका छन् ।
धेरैजसो भक्तजनले पहिल्य नै कलश बुकिङ गरेका थिए भने कतिपय भत्तजनले मंगलबार पैसा तिरेर जल सहितको कलश लिएका हुन् ।
अहिले सम्म ५ हजार कलश वुकिङ भइसकेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनुभयो ।गत महिना वैशाख १६ गते पोखरामा गंगाको जल सहित निकालिएको विशाल कलश यात्रा यज्ञ स्थलमा राखिएको थियो ।
यज्ञमा विधिपूर्वक पुजा सकिएपछि भक्तजनलाई जल सहितको कलश वितरण गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटा कलशको १ हजार ३ सय र दुई वटा लैजादा २ हजार ५ सय रुपैया लाग्ने छ । मंगलबार नै कोटिहोममा जल सहितको कलश लैजाने भक्तजनको भिड लागेको थियो ।
कोटिहोममा ११ हजार शोभा कलश यात्रा गरिएको थियो ।
कोटिहोममा मंगलबार महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले सभहागि भक्तजनलाई कोटिहोमको प्रसाद स्वरुप नरिवल र स्याउ वितरण गरेका गर्नुभएको थियो ।
उहाँका अनुसार कोटिहोममको समापनका दिन ३१ गते सम्पूर्ण भक्तजनलाई प्रसाद वितरण गरिएको छ ।
यज्ञको पूर्णाहुतिसँगै हिजोबाट भष्म र तिलक वितरण गर्ने भनिएता पनि लामो समयको होमनका कारण तातो भएर आज देखि भष्म र तिलक सहित प्रसाद वितरण गरिने महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ सय रुपैया तिरेर हवन कुण्डमा रहेका इट्ट पनि घरमा लान पाइने व्यवस्था रहेको छ।
कोटिहोममा माधव प्रसाद कडेल, अन्जु कुमारी कडेल पोखरा ३३ बाट २५ हजार ५ सय ५५, सुर्य प्रसाद पौडेल विष्णु कुमारी पौडेल पोखरा १७ बाट २५ हजार १ सय २५, सकुन्तला राजकुमार समिक्षा गिरी पोखरा ८ बाट १५ हजार १ सय ५ संगिता थापा पोखरा १४ बाट ७ हजार ५ सय ५ रुपैया सहयोग प्रदान गरेका थिए ।
यसैगरी कोटिहोममा जारी रक्तदान कार्यक्रममा आज सम्म ८ सय ८ जनाले रक्तदान गरेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिनुभयो ।
गत वैशाख २० गते बाट शुरु भएको रक्तदान कार्यक्रम जेठ ३१ गते सम्म जारी रहने उनले जानकारी दिनुभयो ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा जारी कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।