२०८२ जेष्ठ २९, बिहिबार

मनसुन फैलन अझै हप्ता दिन लाग्ने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २८, बुधबार
मनसुन फैलन अझै हप्ता दिन लाग्ने

काठमाण्डौ । आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने छ।

आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन ।महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस