२०८२ जेष्ठ ३०, शुक्रबार

बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २९, बिहिबार
बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सम्पन्न

साल्मे । नुवाकोटको किस्पाङ गाउँपालिकास्थित साल्मे र भाल्चेमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो ।

बुधवार सम्पन्न भएको कार्यक्रममा किस्पाङ गाउँपालिका वडा नं ४ मा अवस्थित साल्मे माविमा ९७ जना किशोर किशोरी र वडा नं १ मा अवस्थित जल्जुखोला माविमा ८३ जना किशोरकिशोरीहरु सहभागी थिए ।

दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधानहरुको बारेमा बालबालिका तथा बाल अधिकार सम्बन्धी बिषय बिज्ञ दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।

यसैगरी अनुशिक्षणमा बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु, कानुनी सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपालका कार्यकारी निर्देशक एबम् बाल अधिकार सम्बन्धी बिज्ञ अर्यालले प्रशिक्षण दिनु भएको थियो।

कार्यक्रममा किस्पाङ गाउँपालिका महिला तथा बालबालिका शाखाका कर्मचारी,कार्य पालिका सदस्य सुक बहादुर घले ,कार्नेट नेपालका परियोजना अधिकृत रमेश तामाङ, गणेश तामाङ, प्रहरी चौकी प्रमुख, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको रमेश तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने, अभिभावकहरुलाई सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका भाल्चे नुवकोटबाट रमेश तामाङले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस