२०८२ जेष्ठ ३०, शुक्रबार

जलवायु कृषक पाठशाला सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

  • धादिङ आवाज
  • २०८२ जेष्ठ २९, बिहिबार
जलवायु कृषक पाठशाला सहजकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान

धादिङबेसी । धादिङबेसीमा जलवायु कृषक पाठशाला सहजकर्ताहरुका लागि सञ्चालन प्रशिक्षक प्रशिक्षण तालिम सकिएको छ ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका अगुवा कृषकहरुको लागि शनिवारदेखी शुरु भएको ५ दिने तालिम बुधबार सम्पन्न भएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनु भयो ।

तालिममा कृषक पाठशालाको परिचय, अवधारणा, उदेश्य, जलबायु मैत्री, कृषक पाठशाला , माटो गुणहरु, बिरुवाका आवश्यक खाद्यतत्वहरु, कमिका लक्षणहरु,नर्सरीको परिचय, गुणस्तरीय बिउ, बिउको छनौट, जमिनको रेखाङ्कन लगायतका विषयमा प्रशिक्षक चिरन अधिकारी सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।

यसैगरी बिभिन्न बेमौसी तरकारी उत्पादन, लाग्ने किराहरु पचिचान तथा व्यवस्थापन , मित्रुजिवहरु , रासायनिक बिषाधी,यसको नकारात्मक असरहरु, जैविक बिषाधी, झोलमोल, किराको बर्गिकरण , कृषक पाठशालामा गरिने परिक्षणहरु र संचालन विधी प्रक्रियाका बिषयमा पनि सहजिकरण गर्नु भएको पनि लजिष्टिक सहायक तामाङले जानकारी दिनुभयो ।

तालिम पछि अगुवा कृषकहरुले आफ्नो समुहमा मौसमी तथा बेमौसमी खेतीमा बाली पात्रो अनुसार कृषकहरुको ८० वटा कृषक समुहका खेतबारीमा नै जलबायु कृषक पाठशाला संचालन गरि कृषकहरुलाई उत्पादन र उत्पादकत्व बृद्धिका बिषयमा ज्ञान तथा सीप प्रदान गर्नु हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर आर्यालले बताउनु भयो ।

तालिममा २५ जना कृषकहरु र परियोजनाका प्राविधिक कर्मचारी सहित ३० जनाको सहभागीता रहेको थियो ।

तालिममा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कविररत्न स्थापित , कार्यक्रम व्यवस्थापक सुरज आचार्य, प्रयास नेपाल धादिङका अध्यक्ष विर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल ,अनुगमन समिति संयोजक कपिलदेव सापकोटा प्रयास नेपालका सदस्य रुपा कट्टेल, परियोजनामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको सामुदायिक सहजकर्ता रोजिना तामाङले जानकारी दिनु भयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस