धादिङ । बेनिघाट राेराङ गाउँपालिकाले नर्सरी राख्नको लागी किसानसंग चिउरी खरिद गरिरहेको छ।
चिउरी संरक्षण अभियान अन्तरगत गाउँपालिकाले विरुवा उत्पादन गर्नका लागि पालिकाले नै नर्सरी बनाउने गरि गाउँपालिका भित्रैका किसानहरुले उत्पादन गरेको चिउरी खरिद गरिएको गाउँपालिका अध्यक्ष कष्णबहादुर थपलिया (विवके)ले जानकारी दिनुभयो।
चेपाङ समुदायकाे संस्कृति र पहिचानसंग जाेडिएकाे बहुउपयोगी चिउरीको संरक्षण गर्न गाउँपालिका लागेको अध्यक्ष थपलियाले बताउनुभयो।
चिउरी खेती गर्ने किसानलाई विरुवा वितरण गर्ने र बेनिघाट गाउँपालिका क्षेत्रलाई चिउरी पकेट क्षेत्र बनाउने अभियान अन्तरगत गाउँपालिका भित्रकै किसानबाट पाकेको चिउरी खरिद गरेर विउबाट नर्सरी राख्ने तयारी गरेको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताउनुभयो ।
किसानबाट प्रतिकेजी रु ५० का दरले चिउरी खरिद गरेर वियाँ (बिउ) निकाल्न थालिएको उहाँको भनाइ छ ।
विउ निकालेपछी पालिकाले नै नर्सरी राख्ने बताइएको छ।
चिउरीको बारेमा पालिकामा प्रदर्शनी समेत गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले बेनिघाट रोराङको चेपाङ समूदायको संस्कृति संग जोडिएको चिउरीबाट आर्थिक रुपमा समेत यसलाई प्रयोग गर्न चिउरी संरक्षण र प्रबर्द्धन कार्यक्रम संचालन गरिरहेको गाउँपालिकाका सूचना अधिकारी घिमिरेले बताउनुभयो।