२०८२ जेष्ठ ३१, शनिबार

मलेखु–मुग्लिन सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३०, शुक्रबार
मलेखु–मुग्लिन सडक आजदेखि राति साढे चार घण्टा बन्द हुने

काठमाण्डौ । मलेखु–मुग्लिन सडक खण्ड आजदेखी असार ७ गतेसम्म राति साढे चार घण्टा बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डले सूचना निकालेर पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडक खण्डमा रहेको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले असार ७ गतेसम्म रातिको समयमा सडक बन्द गर्न लागिएको जानकारी गराएको हो ।

राति साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द रहने सूचनामा भनिएको छ ।

मुग्लिनबाट मलेखुतर्फ गुड्ने ठूला गाडीलाई मुग्लिन र साना गाडीलाई कुरिनटारमा रोकिने सूचनामा उल्लेख छ । यस्तै मलेखुबाट मुग्लिनतर्फ गुड्ने गाडीमध्ये ठूला गाडी मलेखु र साना गाडी शीतल बजारमा रोकिनेछन् ।

गाडी रोकिएको ठाउँबाट बिहान ३ बजेमात्रै अगाडि बढ्न दिने पनि सूचनामा उल्लेख छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस