२०८२ जेष्ठ ३१, शनिबार

करेन्ट लागेर एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ जेष्ठ ३०, शुक्रबार
करेन्ट लागेर एक जनाको मृत्यु

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो।

पोलबाट घरमा लाइन जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका बोहराको उपचारको लागि धादिङ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस