धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका-७ भल्टारमा दुई वटा माइक्रो एकापसमा ठोक्किदा १२ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो लमजुङबाट काठमाडौंतर्फ आउदैँ गरेको बा ४ ख ६९४ नम्बरको बस र विपरीतदिशा तर्फबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७१४१ नम्बरको माइक्रो ठोक्किदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा परी दुबै सवारी साधनका ६/६ जना घाइते भएका प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
घाइतेहरूमध्ये केहीलाई गल्छीस्थित अम्बे भरोसा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ ।
दुबै सवारी साधनका चालक पनि घाइते भएका छन् । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।