माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको मदेली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीयबासिन्दा ५८ वर्षका पूर्णबहादुर लिम्बू र उहाँकी श्रीमती ५२ वर्षकी फूलमाया लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिहान बिजुलीको पोलमा विद्युत् हुक गरी खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।