२०८२ अषाढ १, आईतबार

चार सवारीसाधन ठोक्किदा तिन जना घाइते

  • धादिङ आवाज
  • २०८२ अषाढ १, आईतबार
चार सवारीसाधन ठोक्किदा तिन जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जहरेखेतमा आइचर ट्रकले तिन वटा सवारीसाधनलाई ठक्कर दिएको छ ।

आईतबार दिउँसो काठमाण्डौं बाट गजुरी तर्फ आउदे गरेको ग १ क ६१६१ नं को आइचरले बिपरित दिशा तर्फ बाट जाँदै गरेको बा प्र ०२-०४१ प ५१३२ नं को स्कुटर, बा ७२ प ८१६१ नं.को मोटरसाईकल र सोही ठाउँमा पार्किङ गरिराखेको ना ६ ख ६००१ न.को ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

दुर्घटनामा ३ जना घाइते भएका छन् ।

घाईते हुनेहरुमा स्कुटर चालक काठमाण्डौंको दक्षिणकाली नगरपालिका-२० बस्ने बर्ष ४० को विकाश केसि, आइचर चालक गोरखाको गोरखा नगरपालिका-९ बस्ने बर्ष ३३ को कुमार नेपाली र मोटरसाईकल चालक घादिङको रवी भ्याली गाउँपालिका-४ बस्ने बर्ष ४२ को गोपाल तामाङ रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।

घाईतेहरुको आदमघाट अस्पताल प्रा.लि.मा उपचार भईरहेको र दुर्घटना भएका सवारी साधन अस्थायी प्रहरी पोष्ट आदमघआटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस