२०८२ अषाढ १, आईतबार

अक्षय कोषको बिधान पारित

  • धादिङ आवाज
  • २०८२ अषाढ १, आईतबार
अक्षय कोषको बिधान पारित

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा न २ नलाङ ठाँटीभन्ज्याङ रहेको सिद्धेश्वर माध्यमिक बिद्यालयमा आईतबार भएको एक भेलाले अक्षयकोषको बिधान पारित गरेको छ ।

बिद्यालयका अभिभावक, शिक्षक, सरोकारवाला, वडा जनप्रतिनिधी र अक्षयकोष कर्ताको भेलाले बिधान पारित गरेको बिद्यालयका प्रधानाध्यापक हरि बहादुर सिलवालले जानकारी दिनुभयो ।

भेलाले बिद्यालयमा अक्षय कोष स्थापनाको लागि तथर्द समिति गठन गरेको छ ।

अक्षयकोष कर्ता एवम शिक्षक बलराम अधिकारीको अध्यक्षतामा ७ सदस्यीय तथर्द समिति गठन गरिएको हो ।

समितिको सचिवमा बिद्यालयका प्रधानाध्यापक हरि बहादुर सिलवाल, कोषाध्यक्ष बिद्यालयका लेखापाल पदमराज सिलवाल, शिक्षक प्रतिनिधी रगंनाथ रेग्मी, बिद्यालय व्यवस्थापन समितिका तर्फबाट हरिहर मल्ल र अक्षयकोषकर्ताबाट अप्सरा अर्याल र गोकर्ण अधिकारी चयन हुनुभएको छ ।

अहिले तथर्द समिति गठन गरिएको र ६ महिना पछीको भेलाले सञ्चालक समिति गठन गर्ने प्रधानाध्यापक सिलवालले बताउनुभयो ।

समितिको साधारण सदस्य बन्न चार हजार र संस्थापक र आजिवन सदस्य बन्नको लागि बिस हजार लाग्ने प्रधानाध्यापक सिलवालको भनाई छ ।

बिद्यालयमा हाल दुई वटा ‘वैकुण्ठ अर्याल’ स्मृती अक्षय कोष (एक लाख पचास हजार) र ‘स्व.चुडामणी अधिकारी’ स्मृति अक्षयकोष (एक लाख एघार हजार एक सय एघार) रहेको प्रधानाध्यापक सिलवाले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

९ घण्टा अघि

दुई जना मृत भेटिए

खोजी गर्नुहोस