२०८२ अषाढ ४, बुधबार

कृषकलाई बाख्रापालन सम्बन्धी ५ दिने जलबायु कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम

  • धादिङ आवाज
  • २०८२ अषाढ ४, बुधबार
कृषकलाई बाख्रापालन सम्बन्धी ५ दिने जलबायु कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम

धादिङबेसी । धादिङबेसीमा बाख्रापालन सम्बन्धी ५ दिने जलबायु कृषक पाठशाला प्रशिक्षक प्रशिक्षण तालिम मंगलबार सम्पन्न भएको छ ।

प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी संञ्चालन गरेको उतथानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढीकरण परियोजना अन्तरगत खनियावास र गंगाजमुना गाउँपालिकाको समूहबाट छनौट भई आएका बाख्रापालक अगुवा कृषकहरुको लागि शुक्रबारदेखी सञ्चाचन भएको ५ दिने तालिम मंगलबार सम्पन्न भएको प्रयास नेपाल धादिङका फिल्ड संयोजक सुरज खनालले जानकारी दिनुभयो ।

तालिममा कृषक पाठशालाको परिचय, अवधारणाा, उद्देश्य, स्थानीय र उन्नत बाख्रा जात र तिनिहरुको बिशेषताहरु, बाख्रापालनको लागि आवश्यक पर्ने डाले तथा भुइ घाँसहरु, नशल सुधार, स्थानीय स्तरमा प्रयोय गरिने कच्चा पदार्थ, दाना तथा आहारहरु, राम्रो र बढी उत्पादन दिने बाख्राको जातको छनौट, बाख्रा स्वास्थ्य व्यवस्थापन, बिभिन्न रोगका रोकथाम उपायहरु, बाख्रामा लाग्ने बिभिन्न संक्रामक रोगहरु र तिनिहरुको नियन्रण र उपचार बिधी सम्बन्धी जानकारी मिनरल ब्लक बनाउने बिधी, बाख्रागाई लगाउने खोप तथा ओैषधीहरु तथा खुवाउने तरिकाहरुको बारेमा डा.शिवहरि घिमिरे र यज्ञराज पाण्डेले सहजिकरण गर्नु भएको प्रयास नेपाल धादिङका पशु स्वास्थ्य प्राविधिक रुपेश तामाङले जानकारी दिनुभयो ।

जलबायु कृषक पाठशाला सहजकर्ता प्रशिक्षक प्रशिक्षण तालीममा १८ जना कृषक र प्राविधिक कर्मचारी सहित २२ जनाको सहभागीता रहेको प्रयास नेपाल धादिङका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।

तालिममा आड्रा नेपालका जिविकोपार्जन टीम लिडर कविर रत्न स्थापित ,कार्यक्रम व्यवस्थापक सुरज आचार्य, प्रयास नेपाल कार्यकारी निर्देशक दामोदर अर्यालले परियोजना लक्ष्य उद्देश्य तथा संचालित क्रियाकलाप र अगुवा कृषकहरुको भुमिका र जिम्मेवारीका बिषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको पनि प्रयास नेपालका प्रशासन तथा लजिष्टिक सहायक राममाया तामाङले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस