काठमाण्डौ । काठमाण्डौ उपत्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका गाडीले १२ ठाउँबाट बाढी, पहिरो र सडकको अवस्थाबारे सूचना पाउने भएका छन्।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नयाँ बसपार्क, कलङ्की, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तीनपिप्ले र भीमढुङ्गा गरी १२ वटा ठाउँमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुनजन्य प्राकृतिक प्रकोप बाढी, पहिरोका साथै सडकको अवस्थाबारे जानकारी दिइने छ।
यी ठाउँबाट गाडी चालक, परिचालक साथै यात्रुले पनि अपनाउनु पर्ने तयारी र सावधानीका विषयमा जानकारी प्रदान गरिनेछ।