काठमाण्डौ । गएको जेठ १५ गते बिहीवार राति नेपालको कोशी प्रदेशमा भित्रिएको मनसुन हाल देशभर फैलिएको छ ।
यसअघि मध्य क्षेत्र हुँदै पश्चिमका गण्डकी र लुम्बिनीसम्म फैलिएको मनसुन २३औं दिनमा देशभर फैलिएको हो ।जल तथा मौसम विज्ञान विभागले मनसुन देशभर फैलिएको बुलेटिनमार्फत जानकारी दिएको छ ।
यसपालि सामान्यतया १५ दिन अगाडि नै नेपालमा मनसुन भित्रिएको थियो ।
नेपालमा सामान्यतया जून १३ तारिखमा भित्रिने र एक हप्ताभित्र देशभर विस्तार हुने गरेकोमा यस पटक विस्तार हुन ढिला भएको हो । नेपालमा असोज मध्यसम्म मनसुन सक्रिय हुने गर्छ ।