काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड भोलिदेखि पुनः दुई दिनका लागि रातको समयमा बन्द हुने भएको छ।
मुग्लीन–नारायणघाट सडक योजना पूर्वी खण्डका अनुसार भोलिदेखि मङ्गलवार बिहानसम्म रातिको १० बजेदेखि बिहान तीन बजेसम्म दैनिक पाँच घण्टा बन्द हुने छ ।
निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो ।
काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदमघाटमा रोकिने जनाईएको छ ।
सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । फाइल फोटो