२०८२ अषाढ १७, मंगलबार

आ.बि तहका नव प्रवेशी शिक्षकहरुका लागी सेवा प्रवेश सम्बन्धी तालिम

  • धादिङ आवाज
  • २०८२ अषाढ ८, आईतबार
आ.बि तहका नव प्रवेशी शिक्षकहरुका लागी सेवा प्रवेश सम्बन्धी तालिम

धादिङ । शिक्षा विकास तथा समन्वय इकाइ धादिङले जिल्लाका आधारभुत तह कक्षा १ देखि ५ का नव प्रवेशी शिक्षकहरुलाई सेवा प्रवेश सम्बन्धी तालिम संचालन गरेको छ ।

आजदेखि सुरु भएको तालिममा शैक्षिक सामाग्रीको प्रयोग, शिक्षण सहजीकरण प्रकृया, शिक्षकको पेशागत विकास, सेवा सुविधा र सर्तहरु, शिक्षण सहजीकरण प्रकृया, एकिकृत पाठ्यक्रम, विद्यार्थी मूल्यांकन, शैक्षणिक योजना, प्रश्न निर्माण र विश्लेषण तथा योगका बारेमा सहभागिहरुलाई जानकारी गराइ शिक्षण सिकाइ उपलब्धी वृद्धि गर्ने गरि तालिम संचालन भएको शिक्षा विकास तथा समन्वय इकाइ धादिङले जनाएको छ।

तालिमको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदी, आधारभुत विद्यालय सुधार परियोजना-जाइका) जिल्ला संयोजक नवराज पाठक, नीलकण्ठ माविका शिक्षक नारायण खत्री, दिपेन्द्र रिजाल, शंखादेवी माविका प्रधानाध्यापक नित्यानन्द सुवेदी, नीलकण्ठ नगरपालिका शिक्षा शाखाका प्रमुख प्रकाशदत्त भट्टले सहजीकरण गर्नुहुनेछ।

तिनदिनसम्म संचालन हुने तालिममा सेवा प्रवेश गरेर नियुक्ति लिएका आधारभुत तहका (कक्षा १-५) का ३८ जना शिक्षकहरु सहभागी छन्।

यो दोश्रो चरणको तालिम हो भने यसअघि ३२ जनाले तालिम लिएर अध्यापन गरिरहेका शिक्षा विकास तथा समन्वय इकाइ धादिङले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१९ घण्टा अघि

वडा भेला सम्पन्न

खोजी गर्नुहोस