२०८२ अषाढ २८, शनिबार

आर्थिक वर्ष २०८२/८३ का लागि ज्वालामुखीको बजेट ६४ करोड ८ लाख ९० हजार

  • धादिङ आवाज
  • २०८२ अषाढ ९, सोमबार
आर्थिक वर्ष २०८२/८३ का लागि ज्वालामुखीको बजेट ६४ करोड ८ लाख ९० हजार

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड ८ लाख ९० हजारको बजेट ल्याएको छ ।

आईतबार गाउँसभाको १५ औं अधिवेशन गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गर्नुभएको हो।

जसमा संघिय समानिकरण अनुदान १२ करोड ७३ लाख, सर्शत अनुदान २२ करोड ३३ लाख, विशेष अनुदान ८५ लाख, समपुरक अनुदान २ करोड ४५ लाख र राजश्व बाँडफाँड ८ करोड ५४ लाख रहेको छ ।

यस्तै प्रदेश तर्फ समानिकरण अनुदान १ करोड ३३ लाख ५ हजार, सर्शत अनुदान २ करोड १८ लाख १३ हजार, विशेष अनुदान ६५ लाख, समपुरक अनुदान २ करोड ७० लाख र राजश्व बाँडफाँड ३ करोड ८ लाख ९४ हजार रहेको छ ।

अधिवेशनले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक सर्वसम्मतले पारित गरेको छ।

गाउँसभामा गाउँपालिका अध्यक्ष यामनाथ दनैले आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ज्वालामूखी गाउँपालिकाले परिकल्पना गरेको “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारः समृद्ध ज्वालामूखीको मूल आधार” भन्ने दीर्घकालीन सोंच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई उच्च प्राथमिकतामा राख्दै आम गाउँपालिकाबासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखिएको बताउनुभयो ।

नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र व्यवसायीकरणमा जोड, पूर्वाधार विकास तथा दिगो व्यवस्थापन, शिक्षा क्षेत्रमा गुणात्मक सुधार,सर्वसुलव र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा सुशासन र वित्तिय अनुशासन, खानेपानी, सरसफाई तथा स्वच्छता व्यवस्थापन, आन्तरिक रोजगार प्रवद्र्धनमा जोड, वातावरण संरक्षण र दिगो विकास, लैंगिक तथा सामाजिक समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापन, उद्धार, राहात र पुनस्थापना जस्ता कार्यक्रम समावेश छन्।

हेर्नुहोस् बजेटको पूर्णपाठ :

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस