कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिनुभयो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उहाँको आज बिहान मृत्यु भएको राईले बताउनुभयो ।
मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।
परीक्षणका क्रममा कोरोना संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् ।