२०८२ अषाढ २८, शनिबार

धादिङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

  • धादिङ आवाज
  • २०८२ अषाढ १४, शनिबार
धादिङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

धादिङ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।

यो वर्षको देशभरको नतिजामा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन्।जसमा धादिङ जिल्लाभरबाट ६२ दशमलव ७५ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

उत्तीर्ण विद्यार्थीहरुमध्ये ८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

४ जीपीए ल्याउनेमा सामुदायिक विद्यालयहरुबाट ५ जना विद्यार्थीहरु रहेका छन् भने ३ जना सामुदायिक विद्यालयबाट रहेका छन् ।

सामुदायिक विद्यालयतर्फ नीलकण्ठ ३ धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर माविबाट १ जना, नीलकण्ठ ७ तल्लोबेशीमा रहेको सुनौलोभैरवी माविबाट १ जना, गजुरीको गजुरी पिण्ड माविबाट १ जना र गल्छी बैरेनीको जनकल्याण माविबाट २ जना रहेका छन् ।

त्यस्तै निजी विद्यालयहरुबाट धादिङवेशीमा रहेको न्यु किवो बोर्डिङ स्कुलबाट २ जना र चिल्डेनपार्क बोर्डिङबाट १ जना रहेका छन् ।

नियमिततर्फ यो वर्ष देशभर ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको बोर्डले जनाएको छ ।

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ ।

यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।

यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ ।यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो ।

एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

तस्विर : धादिङवेशीमा रहेको नीलकण्ठ बालमन्दिर मावि

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस