काठमाण्डौ । स्वास्थ्य बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले सामुदायिक तथा निजी सबै स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै साउन १ गतेदेखि बीमाबाट उपचार गर्दा रिफर लिन नपर्ने जानकारी गराएको हो ।
प्रथम सेवा विन्दुका रूपमा नराख्ने निर्णय भएकाले रिफरको व्यवस्था हटाइएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्थामात्र रहने व्यवस्था गरेको थियो ।