२०८२ अषाढ १७, मंगलबार

करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ अषाढ १७, मंगलबार
करिब १ हजार ७४ किलो गाँजा सहित चार जना पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका-५ कटहरेबाट करिब १ हजार ७४ किलो २ सय ५० ग्राम लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७३ वर्षीय हरि बहादुर वाइवा, ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले सोमबार हरि बहादुर, बद्धि बहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मान बहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।

हाल फरार गोकर्ण, मान बहादुर र सोमलालको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस