धादिङ । गल्छी गाउँपालिका-५ कोईलीखर्कबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
मंगलबार बिहान कोईलीखर्कका ४४ वर्षीय अर्जुन तामाङलाई करिब ४ किलो ७ सय ग्राम गाँजा र ४ किलो ८० ग्राम पोलेनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।