धादिङ । बेनिघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट करिब १० किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने ३६ वर्षीय राजेन्द्र खड्का रहेका छन् ।
आइतबार बिहान प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले आदमघाटबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ह २१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक राजेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।