२०८२ अषाढ २४, मंगलबार

१३ हजारभन्दा बढी विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

  • धादिङ आवाज
  • २०८२ अषाढ २४, मंगलबार
१३ हजारभन्दा बढी विद्यार्थी प्रथम त्रैमासिक परीक्षामा सहभागी

धादिङ । प्याब्सन धादिङ अन्तर्गत जिल्लाका ३२ वटा विद्यालयमा एकै पटक प्रथम त्रैमासिक परीक्षा सञ्चालन भईरहेको छ । गएको शुक्रबारदेखी सुरु भएको परीक्षामा १३ हजारभन्दा बढी विद्यार्थीहरूले परीक्षा दिइरहेका छन् ।

प्याब्सन धादिङले सदस्य विद्यालयहरूलाई एउटै पाठ्यक्रम, एउटै पुस्तक, एउटै परीक्षा योजना र एउटै प्रश्नपत्र लागू गरेर समान स्तरको शिक्षा सुनिश्चित गरेको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले जानकारी दिनुभयो ।

यस्तो अभ्यासले विद्यार्थीहरूलाई राम्रोसँग सिक्न सहज बनाउने र शिक्षकहरूलाई पनि बढी जिम्मेवार बन्न बाध्य बनाउने बताउनुभयो ।

अबदेखी प्रत्येक वर्ष पहिलो, दोस्रो, तेस्रो र वार्षिक परीक्षा एकसाथ सञ्चालन गर्ने प्याब्सन धादिङका सचिव तथा परीक्षा संयोजक भीमबहादुर श्रेष्ठले बताउनुभयो ।

जसले विद्यार्थीहरूको अध्ययन र समग्र विकासमा ठूलो सहयोग गर्ने बताउनुभयो ।

विद्यार्थीहरूका लागि एकरूपता कायम गर्ने उद्देश्यले गरिएको यस परीक्षालाई शिक्षा क्षेत्रको महत्वपूर्ण कदमका रूपमा लिइएको उहाँको भनाई छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस