२०८२ अषाढ २४, मंगलबार

११९ जनाले गरे रक्तदान

  • धादिङ आवाज
  • २०८२ अषाढ २४, मंगलबार
११९ जनाले गरे रक्तदान

धादिङ । सदरमुकाम धादिबेसीमा एक सय १९ जनाले रक्तदान गरेका छन् ।

मंगलबार लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीको आयोजनामा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३४ जना महिला र ८५ जना पुरुष गरी कूल एक सय १९ जनाले रक्तदान गरेका लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीका अध्यक्ष विक्रम विश्वकर्माले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

अध्यक्ष विश्वकर्माले वृहत रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुलाई विशेष धन्यवाद प्रकट गर्नुभएको छ ।

धादिङ अस्पताल, धादिङ लायन्स क्लब अफ धादिङ मण्डली, धादिङ फिटनेस सेन्टरको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।

लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले यही महिनाको असार ३१ गते गजुरी गाउँपालिकाको वडा नं ७ स्थित चेपाङ समुदायको वस्तीमा निःशुल्क वृहत विषेशज्ञ स्वास्थ्य शिविर गर्ने अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

क्लबले गत मंगलबार नया कार्यसमितिको शुभारम्भ भएको दिनको अवसर पारेर धादिङ अस्पताल परिसरमा सरसफाई गर्नुका साथै अस्पतालमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण समेत गरेको थियो ।

क्लबको लायन वर्ष २०२५–२६ को लागि गत मंगलबार मात्रै अध्यक्षमा विश्वकर्मा चयन हुनुभएको हो । यसअघि लायन वर्ष २०२४–२५ का अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) हुनुहुन्थ्यो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस