काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका ४६ वर्षीय मधुकर लुईटेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका-२७ बाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।