२०८२ अषाढ २८, शनिबार

गाँजा र नगदसहित ५ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ अषाढ २७, शुक्रबार
गाँजा र नगदसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट ४० किलोग्राम लागु औषध गाँजा (पोलेन) र १ लाख २५ हजार नगद सहित धादिङका ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् ।

बुधबार बिहान काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोक कोटेश्वरमा लागु औषध गाँजा (पोलेन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कोटेश्वर स्थित रहेको एक घरको भुइँ तल्लामा डेरा गरी बस्ने धादिङ, गजुरी-४ का वर्ष ३८ को सुमन चेपाङको डेरा कोठाबाट लुकाई छिपाइ राखेको अवस्थामा लागु औषध फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा र नगदसहित बा-५५ प-४२६५ को १५० पल्सर मोटरसाइकल, बा-८५ प-५२३४ को २२० पल्सर मोटरसाइकल र ३ थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस