२०८२ अषाढ ३२, बुधबार

काभ्रे खण्डमा रातमा गाडी चलाउन रोक

  • धादिङ आवाज
  • २०८२ अषाढ ३२, बुधबार
काभ्रे खण्डमा रातमा गाडी चलाउन रोक

काठमाण्डौ । भोलि बिहीवारदेखि बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

मनसुनको यो बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो ।

यो अवधिमा काठमाण्डौबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाण्डौ भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।

तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने उहाँले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस