काठमाण्डौ । पूर्वी तराई र पहाडी क्षेत्रहरूमा भोलि शनिवार मध्यरातदेखि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पर्सि आइतवार दिउँसोदेखि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो ।
बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् उपाध्यायको भनाइ छ । उहाँले अबको २/३ दिनको अवधिमा लामो दूरीको यात्रा नगर्नसमेत सुझाव दिनुभएको छ ।
मुख्यगरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडक खण्डको यात्रा नगर्न उहाँको सुझाव छ । आज र भोलि तराईमा भने मौसम सुक्खा रहने मौसमविद्को भनाइ छ ।
बाढीको जोखिम भएका र आसापासका जिल्ला भई बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।