काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-५ स्थित हलचोक चौताराबाट ८ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा, १ किलोग्राम पोलेन र नगद १६ हजार ५ सय रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएकी ३८ वर्षीया चमेली ग्याल्वा तामाङ र काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-७ घर भएकी १९ वर्षीया बिनिता पुरी रहेका छन् ।
शनिबार दिउँसो प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चमेलीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।