२०८२ श्रावण १५, बिहिबार

साउनको पहिलो सोमवार देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो,पशुपतिमा निःशुल्क बस सेवा

  • धादिङ आवाज
  • २०८२ श्रावण ५, सोमबार
साउनको पहिलो सोमवार देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो,पशुपतिमा निःशुल्क बस सेवा

|पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिका अवसरमा बुधबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । तस्बिर : तस्बिर : गोपाल दाहाल/रासस

काठमाण्डौ । साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

दर्शनार्थीको सुविधाका लागि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बिहानै खोलिएको छ ।

यस्तै पशुपतिनाथ दर्शन गर्ने भक्तजनलाई निःशुल्क बससेवा शुरु गरिएको छ । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालमा रहेको बुक डिपोले व्यवस्था गरेको र दुईवटा बस यातायात व्यवसायी उच्च राष्ट्रिय महासङ्घले गरेको हो ।

साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस