२०८२ श्रावण १५, बिहिबार

रोटरी क्लब अफ धादिङको अध्यक्षमा डाक्टर रामचन्द्र रिजाल

  • धादिङ आवाज
  • २०८२ श्रावण ५, सोमबार
रोटरी क्लब अफ धादिङको अध्यक्षमा डाक्टर रामचन्द्र रिजाल

धादिङ । रोटरी क्लब अफ धादिङको अध्यक्षमा डाक्टर रामचन्द्र रिजाल चयन हुनुभएको छ ।

आईतबार धादिङबेशी भएको क्लबको दशौं पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष रोटरियन सुदीप रसाइलीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै नयाँ अध्यक्ष डा.रिजाललाई पद हस्तान्तरण गर्नुभएको हो ।

सामाजिक कार्यमा सक्रिय क्लबले प्रत्येक वर्ष जुलाई १ तारिखबाट कार्यकाल सुरु हुने रोटरी क्लबको परम्पराअनुसार अध्यक्षसहित नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो ।

नयाँ कार्यसमितिमा इमिडिएट पास्ट प्रेसिडेन्ट रोटरियन सुदीप रसाइली, प्रेसिडेन्ट इलेक्ट रोटरियन ईश्वर कडेल, प्रेसिडेन्ट नोमिनी रोटरियन विष्णु कुमार श्रेष्ठ, भाइस प्रेसिडेन्ट रोटरियन सरस्वती थापा, सचिव रोटरियन प्रकाश भण्डारी, कोषाध्यक्ष रोटरियन रेश्मा श्रेष्ठ, सह-सचिव रोटरियन झरना श्रेष्ठ, सह-कोषाध्यक्ष रोटरियन विनु सिंखडा रहेका छन् ।

त्यस्तै, क्लब प्रशासन चियर रोटरियन अशोक बस्नेत, पब्लिक इमेज चियर रोटरियन भीम बहादुर श्रेष्ठ, मेम्बरसिप चियर रोटरियन नविन कुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियर रोटरियन कृष्णलाल उप्रेती, रोटरी फाउन्डेशन चियर रोटरियन रोहित भण्डारी, युथ चियर रोटरियन शिवराम श्रेष्ठ र सर्जेन्ट एट आम्स रोटरियन अनिल कुमार केसी रहेका छन् ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का वर्ष २०२५–२६ का डिस्ट्रिक्ट गभर्नर नोमिनी रोटरियन डा.आई.पी. ढकालले दशौं पदस्थापन कार्यक्रमको सम्बोधन गर्दै रोटरी क्लब अफ धादिङले समाजसेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा आफू तथा डिष्ट्रिक्टको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्लबका पुर्व अध्यक्षहरू रोटरियन सुदीप रसाइली(2024–25), रोटरियन नविन कुमार श्रेष्ठ(2023–24), रोटरियन रोहित भण्डारी(2022–23), रोटरियन भीम श्रेष्ठ(2021–22), रोटरियन कृष्णलाल उप्रेती(2020–21), रोटरियन अशोक कुमार बस्नेत(2019–20), रोटरियन गोविन्द बुढाथोकी(2018–19), रोटरियन हरि लम्साल(2017–18) र संस्थापक अध्यक्ष रोटरियन ध्रुव थापा(2016–17) रहेका छन् ।

यसैगरी Rotaract Club of Dhading ले दोस्रो पदस्थापन कार्यक्रम गरेको छ । आगामी कार्यकालका लागि Rotaract Year २०२५-२६ को अध्यक्षमा श्रीकृष्ण रिजाल चयन हुनुभएको छ ।

Service Above Self भन्ने मूल नाराका साथ सामाजिक सेवामा क्रियाशील क्लबको Rotaract Year २०२५-२६  संस्थापक अध्यक्षमा उत्तम सिलवाल,उपाध्यक्षमा भवानी भट्टराई, सचिवमा प्रतिभा श्रेष्ठ, कोषाध्यक्षमा रुपा नेपाल, संयुक्त सचिवमा कुस्मा श्रेष्ठ, संयुक्त कोषाध्यक्षमा नविना थापा, पब्लिक इमेज चेयरमा प्रतिमा अर्याल, सदस्यता प्रमुखमा निलकण्ठ बरुवाल, सेवा प्रमुखमा सपना दाहाल रहेका छन् ।

त्यसैगरी समितिको सर्जेन्ट एट आर्म्समा रोजिना धरेल,फाउन्डेशन प्रमुखमा प्रगति अर्याल,सिकाइ सहजकर्तामा अनिस श्रेष्ठ, युवा सम्पर्कमा सन्दिप रिजाल र रोटरेक्ट सल्लाहकार अशोक कुमार बस्नेत चयन भएका छन् । सदस्यहरुमा सलिन गुरुङ, प्रदिप पोखरेल, शंकर रिजाल र दिपा श्रेष्ठ रहेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस