२०८२ श्रावण १५, बिहिबार

श्रमदानमार्फत सडक सरसफाई

  • धादिङ आवाज
  • २०८२ श्रावण ८, बिहिबार
श्रमदानमार्फत सडक सरसफाई

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं. १ स्थित नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको कालोपत्रे सडकमा श्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।

सार्वजनिक सरसफाई तथा सामाजिक सद्भावका लागि वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा वडावासी जनसमुदाय, राजनितिक दल, विद्यालय, शिक्षक, आमा समूह, टोल विकास समिति, यूवा क्लब, स्वास्थ्य स्वयंसेविका, नागरिक समाज, विभिन्न संघ-संस्था लगायतका व्यक्तिहरु सहभागी थिए ।

सरसफाई कार्य वैरेनी चोकबाट सुरु भई अर्चले डाँडा र खनाल टारसम्म गरिएको थियो ।

यस अभियानले वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश दिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले बताउनुभयो ।

वडा नं १ भित्रकै अको सडक डुम्रे खोला देखि वडा कार्यालयसम्मको सडक सरसफाई भने अर्को सूचनाको आधारमा सञ्चालन गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।

स्थानीय विकासमा सबैको सहभागिता महत्वपूर्ण हुने भन्दै वडाले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

तस्विरहरु

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस