|{"caption":"u092au094du0930u0939u0930u0940 u092au094du0930u0927u093eu0928 u0915u093eu0930u094du092fu093eu0932u092f u092bu093eu0907u0932 u092bu094bu091fu094b","photographer":"","alt_text":""}
काठमाण्डौ । प्रहरीले अब कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने भएको छ ।
पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र समेत गरिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्न र नपठाउन देशैभरका प्रहरी युनिटमा परिपत्र गरिएको हो ।
गएको असारमा महान्यायाधिवक्ताको कार्यालयले पक्राउ परेका व्यक्तिको फोटो र भीडीओ सार्वजनिक नगर्ने निर्णय गरेको थियो ।
कार्यालयले निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र गरेको हो ।
जघन्य अपराधका घटना वा त्यस्ता फोटो र भीडीओ सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिनु भयो ।